१५ पुस २०८२, मंगलबार | December 30, 2025

म्याग्दीको मुदी केन्द्रविन्दु भएर भूकम्पको धक्का



म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदी केन्द्रविन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ३ बजेर १४ मिनेट जाँदा मुदीलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धौलागिरि गाउँपालिकाको मुदीका साथै मुना, ताकम, मराङ, मल्कबाङ, दरबाङ, देवीस्थानलगायत पश्चिम म्याग्दीसहित आसपासका क्षेत्रमा महसुस भएको थियो । बिहानपख मानिसहरू सुतिरहेकै अवस्थामा भूकम्प गएपछि ठूलो धक्का महसुस भएपछि धेरै मानिसहरू घर बाहिर निस्किएको धौलागिरि गाउँपालिका-४ मुदीका वडाध्यक्ष यामबहादुर घर्तीले बताए । उनका अनुसार, भूकम्पबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन् ।

यसअघि गत फागुन १३ गते पश्चिम म्याग्दीको डाँडागाउँ आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको देवीस्थान आसपास केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको र मुना केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्म गएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ३४ बजे

सोमबारदेखि अवरुद्ध दाउन्ने खण्ड अझै सञ्चालनमा कठिनाइ

नवलपुर । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्नेमा सोमबार बिहानदेखि अवरुद्ध सडक

काठमाडौँको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५

काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन

पुसे १५ को शीतलहरमा पनि बुटवलको प्रदर्शनीमा थेगीनसक्नु भीड

बुटवल । बुटवलमा जारी १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,

एमाले नेता बासुदेव घिमिरेलाई बालेन टिमबाट रास्वपा प्रवेशको प्रस्ताव

बुटवल । नेकपा एमालेका नेता तथा पूर्व प्रतिनिधि सभा सदस्य

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

रौतहट । आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र