२१ मंसिर २०८२, आइतबार | December 7, 2025

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुटवलदेखि नुवाकोटसम्म वाकाथुन



बुटवल । ११५ औँ अन्तर्राष्ट्रिय श्रमहिला दिवसको अवसरमा शनिबार बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न भएको छ । वन्डरनेष्ट नामक संस्थाको आयोजनमा बुटवलदेखि नुवाकोटसम्मको ५ किलोमिटर बाटोको यात्रा तय गर्दै विभिन्न खेल तथा सचेतनासहित कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाकी सञ्चालक नेहा अग्रवालका अनुसार वाकाथुनमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो । सो क्रममा विभिन्न सचेतनामूलक खेलहरु समेत सम्मन गरिएका थिए । संस्थाकी सञ्चालक निकिता कसजुका अनुसार बुटवलदेखि नुवाकोट पुग्ने क्रममा बीच बाटोका विभिन्न ठाउँमा मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरिएका थिए । उक्त खेलमा विजेताहरुलाई नुवाकोट पुगेर सरप्राइज गिफ्ट ह्याम्पर प्रदान गरिएको कसजुले जानकारी दिइन् ।

आयोजक संस्थाकी अर्का सञ्चालक प्रविना घिमिरेका अनुसार श्रमिक महिलाहरुको अधिकार तथा सचेतनाका लागि मात्र नभई स्वास्थ्यका लागि समेत प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिताले आन्तरिक पर्यटनलाई समेत प्रोत्सहान गर्ने उनले बताइन् । नुवाकोटमा पुगेपछि सहभागीहरु केवलकार हुँदै पुनः बुटवल फर्किने गरी आयोजकले व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ११ : २० बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल