४ पुस २०८२, शुक्रबार | December 20, 2025

देव खनालको कप्तानीमा पीएम कपका लागि लुम्बिनीको टिम घोषणा



काठमाडौँ । लुम्बिनी प्रदेश क्रिकेट संघले देव खनालको कप्तानीमा पीएम कप खेल्ने टिमको घोषणा गरेको छ ।

लुम्बिनीले आइतबारदेखि लुम्बिनी प्रदेशमै हुने पीएम कपका लागि देवको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । लुम्बिनीको टिममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, मृनाल गुरुङ, प्रज्वल थापा, मनिष थापा, सम्राट भुसाल, सुशान्त सिंह थापा, नरबहादुर सार्की, बिर बहादुर घर्ति, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सलौद्धीन खान र बिपर्शन केसी रहेका छन् ।

लुम्बिनीले आफ्नो पहिलो खेल आइतबारसिद्धार्थ रंगशाला भैरहवामा कोशी प्रदेशविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।

आइतबारदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको