२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

दोस्रो तारिख बुझ्न कास्की गए रवि, भोलि रुपन्देही अदालतमा उपस्थित हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जाने भएका छन् । उनी आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने उनको सचिवालयले जनाएको छ ।

कास्कीबाट उनी सिधै रुपन्देही जानेछन्। भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नेछन् । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।

काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् । पर्सामा भने अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ११ : ५९ बजे

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो