१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त



काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।

न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । गौतम र

कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका छन् । उनी नेकपा एमाले निकट हुन् । वीरको निर्देशक डा.सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा। समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

डा.शर्माले यसअघि मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत जिम्मेवारी बहन गरेका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : १६ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै