६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रचण्डलाई उपहार प्राप्त मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्मियो



खजुरा । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि बढाएको नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज अन्तर्गत गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले एक महिनाअघि गत माघ २६ गते राती पाडो जन्माएको किसान रेग्मीले जानकारी दिए । योसँगै उनले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट भविष्यमा पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने बताए ।

“भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो”, रेग्मीले भने, “स्वस्थ पाडो जन्मिएको छ, भैंसीले दूध पनि राम्रै दिएको छ ।” मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अन्य भैँसीमा नस्ल सुधारमा प्रयोग गर्ने सोच बनाएको किसान रेग्मीको भनाइ छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गत वर्षदेखि वीर्य सङ्कलन सुरु गरि किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डा खिमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार गत वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा तीन राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये दुईबाट वीर्य उत्पादन गरी सङ्कलन तथा किसानलाई वितरणको काम गरिएको छ ।

खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा भारतले नेपाललाई नश्ल सुधार कार्यक्रमका लागि उपहार स्वरुप मुर्रा राँगा प्रदान गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ४ : ०४ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको