२ पुस २०८२, बुधबार | December 18, 2025

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः अध्यक्ष भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उत्पादन केन्द्रित विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

उक्त पार्टीले आज यहाँ आयोजना गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिका अवधारणा र आधार’ विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै उनले हालको अवस्थामा आर्थिक बजारलाई राज्यले खुला छाड्दा समस्या उत्पन्न भएकाले पूर्वाधारको विकास नहुँदासम्म राज्यले अपनत्व लिनु जरूरी रहेको बताए ।

उनले भने, “राज्यले नै पूर्वाधारमा लगानी गरेर आफ्नो बजार सिर्जना गर्नुपर्छ, औद्योगिकरणको पूर्वाधार तयारी गरी राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ, नेपालको सन्दर्भमा राज्यको भूमिका बढी हुनुपर्छ भन्ने निष्कर्ष हाम्रो पार्टीको छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईले सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशिल भएको उल्लेख गर्दै अहिले विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लगानी वृद्धि गरेर अघि बढ्न सक्नुपर्नेमा जोड दिँदै विचारको बहस गर्न जरूरी रहेको बताए । देशको समस्यामा केन्द्रित रहेर राजनीतिक शक्तिबीच छलफल जरूरी रहेको औँल्याउँदै उहाँले परिवर्तनको आकांक्षा अनुसार विकल्पको खोजी गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नेपालका लागि उपयुक्त नहुने दाबी गरे ।

नेपालको राजनीतिक संरचना भूगोललगायतले पनि निश्चित विषयमा दलको ह्वीप नलाग्ने वा स्वतन्त्र रूपमा बस्न पाउने अवस्था लागू गर्न जरूरी रहेको उनको भनाइ छ । संविधान संशोधन गरेर यही व्यवस्थाबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै उनले नेपालले दुई छिमेकी मुलुकबाट भरपुर अवसर लिनसक्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देशमा सङ्कट छ सबैले भन्ने तर समाधानको उपाय कसैले ननिकाल्ने अवस्थाले बाधा उत्पनन गरिरहेको बताए । उनले भने, “हाम्रो मौलिकतामा कोही गएका छैनौँ, आयातित कुरामा गइरहेका छौँ । देशले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्वीकारेको अवस्थामा समाजवादमा जाने कुराको स्पष्ट बाटो दलहरूसँग छैन ।”

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को लेखा आयोगका सदस्य डा जनकराज शाहले विशिष्ट अर्थ राख्ने राजनीतिक परिस्थितिमा मुलुक रहेको उल्लेख गर्दै राजनीतिमा वितृष्णा पैदा हुने गरेको धारणा राखे ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ४८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल