७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै



चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ।

भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ । ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशमखेती गर्ने किसान पलायन भएका छन् । यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाईभैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन् ।

कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ । फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा उत्पादन गर्न लागेको हो । यादवका अनुसार असारमा बिरुवा बिक्री गरिन्छ । बागमती प्रदेशभित्रका स्थानीय तह र सहकारीले धेरै बिरुवा खरिद गरेर अनुदानमा बाढ्ने गर्दछन् । ती बिरुवा पशु चौपाय आहारका लागि किसानलाई बाढ्ने गरिन्छ ।

सुरुआती समयमा रेशमखेतीका लागि किम्बुको प्रयोग गर्ने गरिएको भए पनि अहिले रेशमखेती हुन छाडेपछि पशुपालन गर्ने किसानले घाँसको रुपमा प्रयोग गर्न थालेका हुन । उत्पादित बिरुवा चितवनसहित रामेछाप, दोलखा, सिन्धुली, गोरखा, धादिङलगायतका जिल्लामा जाने गरेको छ ।

प्रतिबिरुवा रु पाँचको दरले बिक्री गर्ने गरिएको छ । उनले भने, “रेशमखेती गर्न कृषकले छोडेपछि अहिले पशुपालन गर्ने किसानले किम्बुका बिरुवा घाँसका लागि लैजाने गरेका छन् ।” कार्यालयले अहिले कानमा जातको किम्बु लगाउने गरेको छ । यसमा २१ प्रतिशत प्रोटिन र ११।५ प्रतिशत कार्बोहाइडेड हुने गर्दछ । जसका कारण रेशम कीराले सहजै पचाउन सक्ने हुँदा रेशमको रोजाइमा पर्ने गर्दछ । यो पशु चौपायका लागि पनि उपयुक्त घाँस हुने उनी बताउँछन्।

रेशमखेती झन्झटिलो हुने र त्यसको उचित मूल्य नपाउँदा यहाँका किसानले खेती गर्न छाडेका हुन् । सरकारले कोकुनको मूल्य प्रतिकिलो रु ३७५ तोकेको थियो । यो मूल्यमा लागत नउठ्ने र किन्ने ग्राहक समेत नपाउने भएपछि किसानले खेती गर्न छाडेका हुन् । पहिले पहिले सरकारले रेशमपालनका लागि विभिन्न शीर्षकमा अनुदान दिने भए पनि पछिल्लो समय अनुदान समेत हटाएपछि किसान पलायन हुन थालेका हुन् ।

कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार सुरुमा माडीलाई रेशमखेतीको पकेट क्षेत्रको रुपमा विकास गरिएको भए पनि अहिले त्यहाँका किसानले यो व्यवसाय छाडेका छन् । यसअघि मकवानपुरलगायतका जिल्लामा पनि रेशमपालन हुने गरेको थियो ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १० : ४८ बजे

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक

कर्णालीको भाषा, संस्कृति र पहिचान संरक्षण गर्ने बालेन साहको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले कर्णाली

रास्वपाको चुनावी वाचापत्र कर्णालीको सुर्खेतबाट सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ गते हुने

नेपाली कांग्रेसको प्रतिज्ञापत्र कार्यान्वयनयोग्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले सार्वजनिक गरेको

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले