५ चैत्र २०८१, मंगलबार | March 18, 2025

मौलिक फागु संरक्षणमा जुट्दै स्थानीयवासी



तानसेन । मजाको फागुन जानमा लाग्यो, धड्कन लाग्यो छाती हो ।
औँला काटी कलम बनावे रगतकी मसिया बनायी, यै हो ।
हाय हाय रगत के मसिया बनावे सखियाँ ।
धड्कन लाग्यो छाती हो ।
फागु खेलन हो……हुरी खेलन…..राजाको आँगनमा हुरी खेलन…..

लोप हुनलागेका यी र यस्तै फागु गीत गाएर यहाँको तानसेन नगरपालिका–१३ छेर्लुङ्गका टोल–टोलमा तीन दिनदेखि सर्वसाधारण फागु खेलिरहेका छन् । पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको चार÷पाँच दिन अघिदेखि यी गीत गाउने परम्परालाई यहाँका युवा र पाका पुस्ता मिलेर ब्युँताइरहेका छन् । उनीहरु यस्ता गीत गाउँदै टोलवस्तीमा पुगिरहेका छन् ।

छेर्लुङ्गमा आज बिहानैदेखि युवा र पाका पुस्ता फागु गीत गाउँदै रमाइरहेको दृश्य देखिएको छ । उनीहरु ट्याम्को, ढोलक, मादल र मुजुराको तालसँगै लयबद्ध बनाउँदै, गाउँदै होलीको रङ्सँग रमाएका छन् ।

आधुनिकता र प्रविधिको विकाससँगै होली खेल्ने प्रचलन बढेपछि मौलिक फागु हराउन लागेका बेला छेर्लुङ्गवासी भने परम्परा सरंक्षणमा जुटेको स्थानीय किशोर भट्टराईले बताए । उनले भने, “दुई÷ तीन दिनदेखि यहाँका युवा र पाका स्वतःस्फूर्त रूपमा सबै टोलमा समूह बनाएर उत्साहका साथ फागु सिकाउने, गाउने र नाच्ने गरिरहेका छन् ।”

फागु खेलेर सङ्कलित केही रकम साथीभाइ मिलेर रमाइलो गर्ने र बाँकी रकम सामाजिक कार्यमा खर्च गर्ने गरिने उनले बताए । यहाँ त्रेता युगमा भगवान विष्णुका भक्त प्रह्लादको कथामा आधारित भई फागु गीत गाउने प्रचलन छ ।

फागु गीत भाका र ठाउँअनुसार फरक–फरक भएपनि टेम्को, ढोलक, डम्फु, मजुरा मादल बजाएर गीतअनुसार नाचिने स्थानीय धनबहादुर भट्टराई बताउनुहुन्छ । दुई दशक अघिसम्म पाल्पासहित पहाडी जिल्लाका विभिन्न गाउँ र टोलहरुमा यसरी गाइने मौलिक फागु अहिले सीमित समूह र टोलमा मात्रै देख्न पाइन्छ ।

यहाँका चिदीपानी, भैरवस्थान, देउराली, खस्यौली, ख्याहा सोमादीको सर्देवा, बराङदीलगायतका गाउँमा टेम्को, ढोलक, डम्फु, मजुरा बजाएर फागु खेल्ने प्रचलन कायमै छ । यहाँ पाका पुस्ताले युवा पुस्तालाई सिकाउँदै आएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १ : ५६ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी