२९ मंसिर २०८२, सोमबार | December 15, 2025

निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने



खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा जिल्लाका तीन स्थानमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ । यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।

दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले शिविर आयोजना गरिएको उनको भनाइ छ ।

आयोजकका अनुसार शिविरमा करिब दुई हजार १०० जनाले सेवा लिने अनुमान गरिएको छ । शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र बासको समेत व्यवस्था गरिएको छ ।

२०६० साल वैशाख १० गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको सङ्घले २७ हजार ५०१ जनाको आँखा उपचार गराइसकेको जनाइएको छ । निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको तीन लाख ५० हजारदेखि चार लाखसम्म खर्च हुने जनाइएको छ ।

शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सङ्घले सदरमुकाम दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्र सञ्चालनका लागि सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष पाँच लाख उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ७ : २४ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको