१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सुनिता र बुचलाई फिर्ता ल्याउन स्पेसएक्सको रकेट प्रक्षेपण



काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ ।

दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको छ ।

नयाँ टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको दुई दिन पछि, अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा फर्कने आफ्नो यात्रा सुरु गर्नेछन् । नासाका कमर्सियल क्रू प्रोग्राम म्यानेजर स्टिभ स्टिचले यो मिसनबाट आफू धेरै खुसी भएको बताएका छन् । उनले भने, ‘बुच र सुनीताले उत्कृष्ट काम गरेका छन् र हामी उनीहरूलाई फिर्ता पाउन उत्सुक छौं ।’

सुनिता विलियम्स र बुच विल्मोरले जुन ५, २०२४ मा परीक्षण अभियानको लागि बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए ।

उनी आठ दिनपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट फर्कने भनिएको भएपनि प्राविधिक गडबडीका कारण उनीहरुलाई फिर्ता ल्याउने मिसन रोकिएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ४९ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’