२८ माघ २०८२, बुधबार | February 12, 2026

प्रथम वडा स्तरीय मेयर कप फुटबलमा वडा नं १९ विजयी



बुटवल । बुटवलमा जारी प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नं १९ विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लबको आयोजनामा शनिबार भएको खेलमा वडा नं ४ लाई २-० गोल अन्तरले पराजित गर्दै वडा नं. १९ दोस्रो चरणमा प्रवेश गरेको हो ।

रतनपुरको मुक्तिधाम खेलमैदानमा भएको खेलमा वडा न.. १९ को जितमा सरोज खनाल र रिसि सुनारी मगरले गोल गरे । खेलमा सरोज खनाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि शनिबार नै अर्को खेलमा वडा नं. ५ वाकओभर पाएर दोस्रो चरणमा प्रवेश गरेको क्लबका अध्यक्ष मनिष काफलेले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए । यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।

आईतबार पनि दुई वटा खेलहरु हुने छ । पहिलो खेलमा वडा नं. ३ र वडा नं. ८ तथा दोस्रो खेलमा वडा नं. ५ र वडा नं. १२ का बिचमा खेल हुने छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : ०७ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी