२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

‘उपयुक्त समयमा भूमिसम्बन्धी अध्यादेश संसद्मा पेस हुन्छ’



चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसद्मा पेस गर्ने बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले केही अध्यादेश पारि गरिबी निवारण भइसकेका र अब सो अध्यादेश आवश्यकतानुसार पेस हुने बताए।

मन्त्री अधिकारीले भने, “सरकारले कुनै न कुनै बाटोबाट ल्याउँछ । ६० दिन पुगे पनि अरू बाटाहरू पनि छन् । राष्ट्रियसभामा बहुमत पुग्नासाथ अध्यादेश पेस हुन्छ । सरकारले गरेका कामलाई सधैं नकारात्मक दृष्ट्रिले मात्रै हेर्न हुँदैन ।” उनले सरकार गरिब तथा सुकुम्वासीको समस्या समाधानका लागि काम गर्न तत्पर रहेको भन्दै फाइदा–बेफाइदा हेरेर धारणा बनाउँदा समस्या भएको जिकिर गरे।

मन्त्री अधिकारीले सहकारीसम्बन्धी समस्या समाधानका लागि ल्याएको अध्यादेश पारित भएर कानुन बन्ने क्रममा रहेको बताए । उनले भने, “सरकार सहकारीलाई नियमन गर्न लागेको छ । त्यहीअनुसार काम हुन्छ ।” फरक प्रसङ्गमा बोल्दै मन्त्री अधिकारीले सरकारले विशिष्ट व्यक्तिहरूको सुविधाका विधिलाई सुधार गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ८ : २५ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म