१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

विष्णुमतीमा भेटिएको ‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिने



काठमाडौं। विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्ने विषयमा पुरातत्व विभागले अध्ययन तथा प्रमाणीकरण गर्ने निर्णय भएको छ ।

महानगर प्रहरी बलको कार्यालयमा बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले, पुरातत्व विभागबाट स्थानीयले दावी गरेको स्थानको मूर्ति हो कि होइन, भन्ने अध्ययन गरेर आगामी बैठकमा पेश गर्ने निर्णय भएको हो । स्थानीय र सम्पदा अभियन्ताहरुले यो मूर्ति विष्णुमती नदी किनारामा रहेको भीममुक्तेश्वर मन्दिरबाट हराएको कामदेव (छत्रचण्डेश्वर, लकुलिस) हो भनेर दाबी गरेका छन् । यो दाबीपछि भेटिएको मूर्ति पूर्ववत स्थानमा फर्काउन सकियोस् भनेर अध्ययन थालिएको हो ।

बैठकमा महानगरपालिकाको सम्पदा विभागका प्रमुख कुमारी राई, कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायव निरीक्षक लेखबहादुर धागा मगर, पुरातत्व अधिकृत मञ्जरी प्रधान, संग्रहालय अधिकृत पुरुषोत्तम आचार्य, काठमाडौँ महानगरपालिकाका सम्पदा सल्लाहकार यादवलाल कायस्थसहित पदाधिकारी तथा प्रतिनिधि थिए ।

बैठकमा कायस्थले, यो मूर्ति कालीमाटी पुलबाट ज्ञानतीर्थतर्फ विष्णुमती नदी किनारामा भएको भीम मुक्तेश्वर मन्दिरको मूर्ति भएको दावी उल्लेख गरे । २०७८ साल चैत २४ गते मूर्ति हराएपछि खोजीका लागि कालीमाटी प्रहरीमा निवेदन दिएको उनको भनाइ थियो । कायस्थको भनाइलाई पुष्टि गर्दै कालीमाटी प्रहरी वृत्तका प्रहरी वरिष्ठ नायव निरीक्षक मगरले पुष्टि गरे ।

पूर्ववत स्थानमा मूर्ति राख्न, यो त्यही ठाउँमा थियो भन्ने पुष्टि गर्नु पर्ने विषय बैठकमा केन्द्रीत थियो । छलफलपछि पुरातत्व विभागले अध्ययन गर्ने, अध्ययनले देखाएको अवस्थापछि थप प्रक्रिया अगाडि बढाउने विषयमा साझा धारणा निर्माण भयो ।

महानगरपालिकाले सञ्चालन गरेको नदी सरसफाइ स्वर्णिम योजनाअन्तर्गत विष्णुमती नदीमा डोजर लगाएर सफाइ गर्ने क्रममा फागुन २४ गते शनिवार विहान करिव १० बजेतिर मूर्ति भेट्टाइएको थियो । नदीभित्रबाट निकालिएको मूर्ति धोइपखाली गरेर अहिले महानगर प्रहरी बलको कार्यालयमा राखिएको छ । कार्यक्रमका फोकल पर्सन सानुमैया महर्जनका अनुसार कालीमाटी पुल र ज्ञानतीर्थको बीच नदी खण्डमा नदी भित्रै फोहरसँग पुरिएको अवस्थाबाट मूर्ति निकालिएको हो । आकारमा मूर्ति पूर्ण भए पनि सुक्ष्म कला र अङ्गहरुको आकृति भने विग्रिएको अवस्थामा छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ४ : ५३ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ