७ श्रावण २०८३, बिहिबार | July 23, 2026

यमनका हुथीमाथि अमेरिकाको आक्रमण जारी, ५३ जनाको मृत्यु



काठमाडौँ । यमनमा इरान समर्थित हुथी विद्रोहीमाथि अमेरिकाले भिषण आक्रमण शुरु गरेको छ ।

अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये एकमा हवाई आक्रमण सुरु गरेको हो । अमेरिकी आक्रमणमा महिला र बालबालिकासहित कम्तिमा ५३ जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । आक्रमणबाट हुथीहरूको मुख्य गढ मानिने साना र सादा जस्ता क्षेत्रहरूमा पनि मानिसहरू घाइते भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमण हुथी विद्रोहीहरूले अब त्यसो गर्ने क्षमता नराखेसम्म जारी रहने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले आफ्नो आक्रमण बन्द गरेनन् र इरानलाई जिम्मेवार ठहर गरेनन् भने अमेरिकाले ुअत्यधिक घातक शक्तिु प्रयोग गर्ने बताएका छन् ।

हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय ढुवानीलाई बारम्बार निशाना बनाउने गरेका छन् । हालै उनीहरुले दुईवटा जहाज पनि डुबाइदिएका छन् । हुथी विद्रोहीहरूले यसलाई प्यालेस्टाइनसँगको ऐक्यबद्धताको प्रदर्शनको रूपमा आफुहरुले यी आक्रमण गरेको बताउदै आएका छन् ।

अमेरिकाले हाल शुरु गरेको हुथी विद्रोहीहरू विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण हो । अमेरिकी अधिकारीहरूले यस आक्रमणमा धेरै हुथी नेताहरूलाई निशाना बनाइएको बताएका छन् । यसैबीच, हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ दिने धम्की दिएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ९ : २५ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ