३ भदौ २०८३, बुधबार | August 19, 2026

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित



नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वरमा भने चुनाव स्थगित भएको छ । विवाद रहेकाले निर्वाचन हुन सकेको छैन । पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जमा बिहानैदेखि मतदान सुरु भएको छ ।

पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता गठबन्धन निकट नेविसंघ र अनेरास्ववियूबीच गठबन्धन गरेर स्ववियु निर्वाचनमा गएपनि पश्चिम क्षेत्रकै चर्चित क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने नेविसंघ र अनेरास्ववियू एक्लाएक्लै चुनावमा होमिएका छन् । चार हजार ६ सय ६० जना मतदाता रहेको यो क्याम्पसमा सत्ता साझेदार मुख्य ठुला दल निकट नेविसंघ र अनेरास्ववियू एक्ला एक्लै चुनावमा होमिएका छन् भने प्रचण्ड नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएको छ । त्यसैगरि नागरिक विद्यार्थी, नयाँशक्ती र अर्को एक संगठनले छुट्टै थठबन्धन गरे चुनावमा उत्रिएको छ ।

गएको चुनावमा अनेरास्ववियुले जितेको नेपालगन्जमा अनेरास्ववियुको नेतृत्व केशरजंग शाह, नेविसंघबाट सन्तोष रावल र क्रान्तिकारीको नेतृत्व हरेन्द्रबहादुर विकले गरेका छन् ।

नेपालगन्जको नर्सिङ क्याम्पसमा पनि सरकारी गठबन्धन प्रतिस्पर्धामा उत्रिएका छन् । नर्सिङ क्याम्पसमा २ सय ४२ जना मतदाता रहेका छन् ।

खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा सत्ताधारी ठूला दलको गठबन्धन बनेको छ । यो क्याम्पसमा २ सय १ जना मतदाता रहेका छन् । सत्ता गठबन्धन विरुद्ध यहाँ विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनको गठबन्धन चुनावमा लडेको छ ।

त्रिवि आवद्ध राप्तीसोनारीको जनसिद्देश्वरमा भने चुनाव स्थगित भएको छ । ७६ जना मतदाता रहेको यहाँ १२ जना फर्जी विद्यार्थी हालेको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलले आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १० : ४१ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार