२० मंसिर २०८२, शनिबार | December 6, 2025

अमेरिकाको रेड लिस्टमा चढयो भुटान, हटाउन भुटानको अपिल



वासिङ्टन । अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा फर्किए पछि कडा निर्णयहरूको श्रृङ्खला जारी रहेको छ । यसैबिच, अब ट्रम्प प्रशासनले ४३ देशको सूची तयार गरेको छ, जसका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने योजना रहेको छ ।

यो सूची तीन भागमा विभाजित छ, रातो, सुन्तला र पहेंलो । ती देशहरूलाई रातो सूचीमा राखिएको छ, जहाँ कुनै पनि नागरिकलाई अमेरिका प्रवेश गर्न दिइने छैन । यो सूचीमा भारतका ४ छिमेकी राष्ट्रको नाम पनि परेको छ र तीमध्ये भुटानको नाम पनि छ ।

ओरेन्ज लिस्टः पाकिस्तान र रुसलाई ट्रम्प प्रशासनले ओरेन्ज लिस्टमा राखेको छ, जसको मतलब त्यहाँ आप्रवासी र पर्यटकको प्रवेशमा कडा सर्तहरू हुनेछन्। तर, प्रभावशाली व्यक्ति तथा व्यवसायिक प्रयोजनका लागि आउने व्यक्तिले अनुमति लिन सक्नेछन् । यस सूचीमा म्यानमार, बेलारुस, हाइटी, लाओस, इरिट्रिया, सियरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तान पनि परेका छन् ।

रेड लिस्टः रातो सूचीमा परेका देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइने छ । यसमा सामान्यतया अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन जस्ता समस्याग्रस्त र अमेरिका विरोधी देशहरू समावेश छन् । तर, यसपटक भुटानको नाम पनि यो सूचीमा परे पछि धेरैलाई आश्चर्यमा पारेको छ ।

एल्लो लिस्टः पहेंलो सूचीमा २२ देशहरू समावेश छन्, जसलाई उनीहरूको सुरक्षा र भिसा प्रक्रिया सुधार गर्न ६० दिनको समय दिइने छ। यदि तिनीहरू त्यसो गर्न असफल भएमा तिनीहरूका नागरिकहरू पनि प्रतिबन्धको अधीनमा हुन सक्छन्। यो सूचीमा अंगोला, एन्टिगुवा र बारबुडा, कम्बोडिया, क्यामरुन, चाड, कङ्गो, माली, लाइबेरिया, भानुअतु र जिम्बाब्वेजस्ता देशहरू समावेश गरिएको छ ।

रेड लिस्टमा भुटान, आश्चर्यजनक

भुटानलाई संसारको सबैभन्दा खुसी देशमा गनिन्छ तर पनि यस निर्णयको पछाडि केही महत्त्वपूर्ण कारणहरू बताइएको छ । अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार गत वर्ष ३७ प्रतिशत भुटानी नागरिक भिसाको म्याद सकिए पछि पनि अमेरिकामा बसेका थिए । पछिल्लो समय गैरकानूनी माध्यमबाट अमेरिका पुग्ने भुटानी नागरिकको संख्या बढेको छ । प्रतिवेदनका अनुसार राष्ट्रिय सुरक्षाका लागि भुटानको यो आबादी खतरा मानिएको छ ।

अब भुटानका प्रत्येक नागरिकले अमेरिकाको भिसाका लागि लामो प्रमाणीकरण प्रक्रियाबाट गुज्रनु पर्नेछ । धेरै अवस्थामा तिनीहरूको भिसा आवेदन बिना कारण अस्वीकार गर्न सकिन्छ । यो निर्णयले अमेरिकामा पहिले देखि नै बस्दै आएका भुटानी नागरिकको थप छानबिन पनि हुनेछ । विशेष गरी उच्च शिक्षा वा कामका लागि अमेरिका जाने विद्यार्थी र व्यवसायीहरू प्रभावित हुनेछन् । भुटानको विदेश मन्त्रालयले यो निर्णय पुनरावलोकन गर्न अमेरिकालाई औपचारिक अपील गरिसकेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : १९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले