२२ मंसिर २०८२, सोमबार | December 8, 2025

उर्जा मन्त्रीले भने, `अब साँझ लोडसेडिङ हुन्छ´



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब देखि साँझको समय केही समय लोडसेडिङ हुने जानकारी दिएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले उद्योगमा लोडसेडिङ सुरू  भइसकेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने जानकारी दिएका हुन् ।

हाल विद्युत्को मागभन्दा आपूर्ति कम रहेको भन्दै मन्त्री खड्काले लोडसेडिङ हुने तर्क गरेका हुन् । सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्यु्त निजी क्षेत्रले उत्पादन गरिरहेको छ आज पनि विद्युत् आपूर्ति हुन सकेको नसकेको जनाए  ।

‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, हिजो पनि उद्योग कलकारखानाको बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ,’ उनले भने,  ‘अहिले पनि ८२५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत् छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

भारतले बिधुत कटौती गरे पछि पुन: मुलुक लोडसेडिङमा जान लागेको हो । भारतसँगको विद्युत खरिद सम्झौतामा अनाधिकृत रुपमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको भन्दै उर्जा मन्त्रीकै योजनामा सरकारले सम्झौतालाई स्वीकृत प्रदान नगरिदिँदा भारतबाट विद्युत कटौती हुने भएको प्राधिकरणका अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ६ : २० बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन