४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसइई-२०८१ : लुम्बिनीमा ९४ हजार नौ सय आठ परीक्षार्थी सहभागी हुँदै



लुम्बिनी । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को तयारी पूरा भएको छ । बिहीबार बिहान ८ बजेदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । यस वर्ष प्रदेशभर ९४ हजार नौ सय ८ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न तीन सय ४८ परीक्षा केन्द्र तोकिएको छ भने आठ हजार छ सय कर्मचारी परिचालन गरिने छन् । शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी पूरा भएको छ । “परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ”, उहाँले भन्नुभयो, “अब विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।”

यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार छ सय २३ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा नौ हजार चार सय ६१, बाँकेमा १० हजार दुई सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा चार हजार नौ सय १०, गुल्मीमा चार हजार आठ सय ५७, अर्घाखाँचीमा तीन हजार चार सय ६५, रोल्पामा चार हजार सात सय ६५, प्यूठानमा चार हजार नौ सय ४०, बर्दियामा सात हजार सात सय ६२, नवलपरासी पश्चिममा छ हजार तीन सय ९७, रुकुमपूर्वमा एक हजार दुई सय परीक्षार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ७४ हजार पाँच सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार तीन सय १० परीक्षार्थीले परीक्षा दिनेछन् ।

यसैगरी, प्राविधिक धारतर्फ तीन हजार एक सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् । परीक्षा निष्पक्ष र मर्यादित बनाउन आठ हजार छ सय कर्मचारी परिचालन हुँदैछन् । केन्द्राध्यक्ष ३४८ जना, सहायक केन्द्राध्यक्ष ६३४, निरीक्षक चार हजार ७५८, सहायक ९५८ र कार्यालय सहयोगी एक हजार ९०२ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।

मुख्यमन्त्रीको आग्रह : ढुक्क भएर परीक्षा दिनुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसइई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन् ।

उनले परीक्षा जीवनको एउटा महत्त्वपूर्ण चरण भए पनि यसको दबाब नलिइ आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरेका हुन् । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ९ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको