१० चैत्र २०८२, मंगलबार | March 24, 2026

छ नगरपालिका पुरस्कृत, सहरी योजना तथा पूर्वाधार विकासमा सिद्धार्थनगर पुरस्कृत



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका नगरपालिकामध्ये उत्कृष्ट कार्यसम्पादन गरेका छ वटा नगरपालिकालाई पुरस्कृत गरेका छन् ।

नेपाल नगरपालिका सङ्घको ३२औँ दिवसका अवसरमा कार्यसम्पादनका आधारमा ६ नगरपालिकाहरुलाई पुरस्कृत गरिएको हो । प्रधानमन्त्री ओलीले बर्दियाको ठाकुरबाबा नगरपालिकालाई संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासनका लागि पुरस्कार प्रदान गरे ।

यसैगरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई सहरी योजना, पूर्वाधार तथा विपद् व्यवस्थापनका लागि र कलैया उपमहानगर पालिकालाई सामाजिक विकासमा उत्कृष्ट कार्य गरेबापत पुरस्कृत गरिएको छ ।

प्रधानमन्त्रीले मध्यपुर थिमी नगरपालिकालाई वातावरण संस्कृति पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासका निम्ति नवलपरासीको गैँडाकोट नगरपालिका र कैलालीको घोडाघोडी नगरपालिकालाई पुरस्कार प्रदान गरे ।

सङ्घका केन्द्रीय अध्यक्ष भीम ढुङ्गानाका अनुसार संविधानका जानकार काशीराज दाहालको अध्यक्षतामा समिति बनाएर नगरपालिकाको कामको मूल्याङ्कन गरिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ८ : ५८ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो