६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नगरपालिका संघको अध्यक्षमा धादिङका ढुंगाना निर्वाचित, तिलोत्तमामा नगर प्रमुख खाँणले पाए केन्द्रिय सदस्य



बुटवल । नेपाल नगरपालिका संघ आठौं राष्ट्रिय सम्मेलनबाट धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

काठमाडौमा भएको आठौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत निवाचित ४३ सदस्यीय कार्यसमितिको अध्यक्षमा ढुंगाना अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण संघको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, महासचिवमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपमहासचिवमा काठमाडौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कोषाध्यक्षमा हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख बिमला राई र सह कोषाध्यक्षमा हेटौंडा उपमहानगरकाकी प्रमुख मिनाकुमारी लामा निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको हो । देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : १६ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए