१६ श्रावण २०८३, शनिबार | August 1, 2026

लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित



लन्डन । बेलायतको सबैभन्दा भन्दा ठुलो एअरपोर्ट नजिक आगलागी भएको छ। जसका कारण युनाइटेड किंगडमको हिथ्रो विमानस्थल शुक्रबार मध्यरातसम्म बन्द हुने भएको छ । विमानस्थल बन्द हुने भएपछि हजारौं यात्रुहरूको पुर्ववतयोजनामा जानवाट रोकिन पुगेका छन् ।

लन्डनको मुख्य एयरपोर्ट, जुन युरोपको सबैभन्दा व्यस्त गेटवे एअरपोर्ट मानिन्छ । सो बिमानस्थलका अनुसार बिमान स्थलमा बिधुत आपूर्ति गर्ने सबस्टेशनमा आगलागीका कारण समस्या देखा परेको छ ।

‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम गर्नका लागि हिथ्रो २१ मार्चको २४ घन्टा सम्म बन्द रहनेछ,’ हिथ्रो बिमानस्थलले एक्सको एक पोस्टमार्फत जानकारी दिएको छ, ‘तत्कालका लागि यात्रुहरूलाई यस एयरपोर्टमा यात्रा नगर्न सल्लाह दिइन्छ र थप जानकारीको लागि तिनीहरूको एयरलाइनमा सम्पर्क गर्नुहोला, हामी असुविधाको लागि क्षमा चाहन्छौं।’

उडान ट्र्याकिङ वेबसाइट फाइट राइडर २४ ले भन्यो कि, ‘यो बन्दले कम्तीमा १३५१ उडानहरूलाई असर गरेको छ।’

‘हामी यात्रुहरूलाई एयरपोर्टमा यात्रा गर्नबाट रोक्न प्रयास गर्दैछौं, र त्यसपछि ढिलाइ, डाइभर्ट वा रद्द गरिएका उडानहरूमा एयरलाइन साझेदारहरूसँग काम गर्छौं,’ हिथ्रोका प्रवक्ताले पत्रकारहरूसँग भने, ‘यात्रुहरूले पुनः बुकिङमा कायम गर्न एयरलाइन साझेदारहरूसँग सम्पर्क गर्न सक्छन्।’

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ३९ बजे

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम