४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

देश र संसार बुझ्न कविता प्रभावशाली माध्यम हो : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्ने बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनद्वारा आज यहाँ आयोजित कवि तीर्थ श्रेष्ठको एकल कवितावाचन कार्यक्रममा उनले कविताले समाजको यर्थाथ चित्रण गर्ने बताइन् । कवि श्रेष्ठको ‘श्वेत शार्दूल एक यात्रा कविताको शिविर’ कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कवितावाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गर्दै यस्ता कार्यक्रमको निरन्तरताका लागि आयोजकको ध्यानार्कषण गराइन् ।

“समाजलाई यर्थाथ कुरा जानकार गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एकैछिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ”, उनले भनिन्, “धेरै आयोजक हुनुहुन्छ, जिल्लादेखि केन्द्र र अन्तरराष्ट्रिय क्षेत्रमा यस्ता कार्यक्रम गर्न सबैले आआफ्नो तर्फबाट प्रयासलाई निरन्तरता दिनुपर्छ ।”

कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्नसक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरे । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कवि श्रेष्ठको साहित्य रचनाले नेपाली साहित्य र भाषा अध्ययनमा सहयोगी हुने बताइन् । उनले राष्ट्रियताको सोच र चिन्तनलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ०७ बजे

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ