५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट प्राप्त अनुभवका आधारमा संविधान संशोधन गर्न सकिने बताएकी छन् ।

आइतबार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्दा मुलुकको विविध सामाजिक र राजनीतिक संरचनालाई विशेष ध्यान दिनुपर्ने धारणा राखिन् ।

भण्डारीले नेपालको जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा विविधतायुक्त मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताइन् ।

“संविधान संशोधनको सन्दर्भमा बेला-बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणाली हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ,” उनले भनिन् ।

उनले आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीप्रति आफ्नो विश्वास रहेको उल्लेख गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउँदै अघि बढाउनुपर्नेमा पनि जोड दिइन् ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ५५ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको