२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलमा थप १ सय ६९ ईरिक्सालाई संचालन अनुमतिपत्र



बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्र अव्यवस्थित ईरिक्सा संचालनको गुनासो आईरहेको बेला व्यवस्थापनको काम थालेको छ । दर्ता र जाचपास जस्ता आवश्यक प्रक्रिया पुरा गरेका १ सय ६९ ईरिक्सा चालकहरुलाई संचालन अनुमतिपत्र वितरण गरिएको हो ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवि अर्याल, यातायात ब्यवस्था कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलसहित विभिन्न सरोकारवाला निकायहरुको प्रतिनिधिसहितको उपस्थितिमा अनुमतिपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकामा एक हजार ४ सय ४० ई रिक्सा संचालन गर्न सकिने व्यवस्था रहेको भन्दै नगरप्रमुख पाण्डेयले छिटोभन्दा छिटो आवश्यक मापदण्ड पुरा गरेरमात्र ईरिक्सा संचालन गर्न आग्रह गरे । दर्ता नभएका संचालनमा कडाइ गरिने तथा ई रिक्सा जथाभावी चलाउने, जथाभावी भाडा लिने र अनावश्यक व्यवहार गर्नेहरुलाई निरानीमा राखिने उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : ३७ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको