२० मंसिर २०८२, शनिबार | December 6, 2025

नौबस्ता औद्योगिक क्षेत्रको निर्माणस्थलबाट सिमांकन गर्दै अतिक्रमण हटाउन सुरु



नेपालगन्ज । बाँकेको नौवस्तास्थित औद्योगिक क्षेत्र निर्माणस्थलको अतिक्रमण हटाउन सुरु गरिएको छ । गत बिहिबारको सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार आजबाट अतिक्रमण हटाउने र सिमांकन गर्ने कार्य सुरु गरिएको हो ।

औद्योगिक क्षेत्र भित्रको सिमांकनमा परेका घर टहरा हटाउँदै बाटो निर्माणको काम पनि आजैबाट सुरु गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा लुम्बिनी प्रदेश स्तरीय नौवस्ता औद्योगिक क्षेत्र निर्माण गर्ने निर्णय भएपनि विवादका कारण वषौंदेखि औद्योगिक क्षेत्र निर्मा(ाको काम सुरु हुन सकेको थिएन । जग्गा सिमांकन गर्न खोज्दा यसअघि औद्योगिक क्षेत्रको नाममा लागत कट्टा गरिएको जग्गामा बसोबास गर्दै आएका स्थानीयले विवाद गर्दै अवरोध गरेका थिए ।

औद्योगिक क्षेत्रको जग्गा सिमांकनमा विवाद उत्पन्न भएपछि गत बिहीबार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलिय तथा सर्वपक्षिय बैठकले सोमबारबाट जग्गा सिमांकन गर्ने सहमती गरेको थियो । बैठकले यसअघि भएको सहमति बमोजिम करिव ५५ विगाहा जग्गा छाडेर बाँकी जग्गामा औद्योगिक क्षेत्रको काम कानुन बमोजिम गर्ने निर्णय गरेको थियो ।

जग्गाको सिमांकन स्वरुप सोमबार मानव बस्ती र औद्योगिक क्षेत्रको जग्ग्गाको बीचबाट बाटो खोल्न दुई वटा जेसिबी प्रयोग प्रयोग गरेर अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरिएको छ ।

औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले सर्बदलिय र सर्बपक्षीय निर्णय अनुसार खाली गराउन सुरु गरिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ६ : ३४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले