४ श्रावण २०८३, सोमबार | July 20, 2026

मन्त्रिपरिषद् बैठक : ‘टिआरसी’सँग जोडिएका आयोगमा नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको हो । समितिमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्ति, पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अर्जुन कार्की र स्टेला तामाङ सदस्य तोकिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच आजै संक्रमणकालीन न्याय (टिआरसी) सँग जोडिएका आयोग गठनका विषयमा छलफल भएको थियो । सोही छलफलका आधारमा सिफारिस समिति गठन गरिएको हो । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गर्नुपर्ने कानुनी प्रावधान छ । सिफारिस समिति गठन भएको बढीमा दुई महिनाभित्र दुवै आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने छ ।

गभर्नर छनौटका लागि समिति

यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर छनौटका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गरेको छ । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहने निर्णय गरिएको मन्त्री गुरुङले जानकारी दिए ।

बिमेस्टेक शिखर सम्मेलनमा प्रधानमन्त्री जानुहुने

यही चैत १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमेस्टेक) को छैटौँ शिखर सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीे नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाउने भएको छ ।

प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणालगायत रहने मन्त्री गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ९ : ५९ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री