२९ माघ २०८२, बिहिबार | February 12, 2026

चैत १५ गते काठमाडौंमा राजावादीले पनि प्रदर्शन गर्ने



काठमाडौं। समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरिरहेको छ । सरकारको जनविरोधी काम राजावादीको सक्रियता विरुद्ध मोर्चाले प्रदर्शनको घोषणा गरेकै दिन राजावादीहरुले पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन् ।

नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ मार्फत चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको हो ।

सुवेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वानसमेत गरेको छ ।

संयोजक नवराज सुवेदीले नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको जिकिर गर्दै देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको बताएका छन् ।

उनले राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनसमेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

सुवेदी समुहले गरिने प्रदर्शनमा कमल थापा नेतृत्वको राप्रपाको समर्थन रहने भए पनि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा भने अझै मौन रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ३८ बजे

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा

हिउँले सेताम्मे मनाङका मतदान केन्द्र

मनाङ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको मिति