२२ भदौ २०८३, सोमबार | September 8, 2026

खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ



काठमाडौँ । प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा ९साविकको भेड्पु गाविस० हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने २३ वर्षीय अभय भन्ने अबे तामाङको मृत्युभएको थियो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने २१ वर्षीय आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा निजको उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकालाई आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

पक्राउ पर्नेमा २१ वर्षीय आशिष श्रेष्ठ, धादिङको गल्छी गाउँपालिका–५ का २१ वर्षीय सुजन तामाङ, काठमाडौँको चन्द्रागिरि–१५ बस्ने २७ वर्षीय राज अर्याल, सिन्धुलीको कमलामाई–११ का २० वर्षीय डेनियल विश्वकर्मा, बागमती–५ सर्लाहीका २० वर्षीय निश्चल ब्लोन तामाङ, सुनसरीका १९ वर्षीय सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ धादिङका २३ वर्षीय विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका २१ वर्षीय खेमराजबहादुर मगर, गोरखा गण्डगी गाउँपालिका–१ का २२ वर्षीय रन्जित श्रेष्ठ रहेका छन् ।

यसैगरी ताप्ली गाउँपालिका–७ उदयपुरका २० वर्षीय साङ्गे तामाङ, काठमाडौँ नागार्जुन–९ स्युचाटार बस्ने २५ वर्षीय अजित बुढाथोकी, सोही स्थानकै २५ वर्षीय रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का २० वर्षीय प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का १९ वर्षीय गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौँको दक्षिणकाली नगरपालिका–१ का २२ वर्षीय डेबिड घले रहेका प्रवक्ता बोहराले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ९ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार