१४ असार २०८३, आइतबार | June 28, 2026

चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे



चितवन । गत वर्षको तुलनामा यो वर्ष चितवनमा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा जिल्लामा भेटिएका पाँच सय आठ जना क्षयरोगीमध्ये दुई सय ८९ जना भरतपुर महानगरका छन् ।

रत्ननगर नगरपालिकाका ६१, खैरहनी नगरपालिकाका ४१, कालिका नगरपालिकाका ३६, राप्ती नगरपालिकाका ५३, माडी नगरपालिकाका १७ र इच्छाकामना गाउँपालिकाका ११ जनामा क्षयरोगको सङ्क्रमण देखिएको हो । उनीहरूमध्ये ७१ जना पुरानामा पुनः यो रोग देखिएको छ । यो रोग जिल्लामा गत आवमा एक हजार एक सय ३९ जनामा देखिएको थियो । एक सय ६१ जना पुराना बिरामी हुन् भने अन्य नयाँ बिरामी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा भेटिएका बिरामीमध्ये छ सय नौ जना भरतपुर महानगरपालिकाका थिए । यसैगरी, रत्ननगरका एक सय पाँच, खैरहनीका १०३, कालिकाका ९६, राप्तीका एक सय २५, माडीका ५७ र इच्छाकामनाका ४४ जना रहेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १० : ४४ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको