१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कुलमान बर्खास्तीको निर्णय विरुद्ध संसदमा प्रतिपक्षी दलहरूको अवरोध



काठमाडौं । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक बर्खास्ती विरुद्ध संसदमा विरोध गरेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै सबै प्रतिपक्षी दलका सांसदहरु उठेपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका शक्ति बस्नेतलाई बोल्न समय दिएका छन् ।

बस्नेतले घिसिङ बर्खास्तीको कडा विरोध गरे । उनले राम्रो काम गर्ने राष्ट्रसेवकलाई पुरस्कृत गर्नुपर्नेमा सरकारले गलत र औचित्यहिन आरोप लगाउँदै अपमानित गर्ने बाटो सरकारले रोजेको उनले बताए ।

बस्नेतले प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए । त्यसपछि सबै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका छन् ।

यसअघि आजै बसेको प्रतिपक्षी दलहरुको बैठकले घिसिङ बर्खास्तीको विरोध गर्दै संसदमा विरोध गर्ने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ११ : ४९ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको