२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य’



बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्त्वपूर्ण गन्तव्य भएको बताएका छन् । उनले सरकारले लगानी अनुकूल वातावरण बनाउँदै जाने उल्लेख गर्दै लुम्बिनीमा लगानी गर्न निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

कान्तिपुर मिडिया ग्रुपले रुपन्देहीमा आज आयोजना गरेको एक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले लुम्बिनी धेरै फराकिलो रहेको र निजी क्षेत्रका लागि महत्त्वपूर्ण ठाउँ रहेकाले सम्भावनालाई व्यवसायसँग जोड्न आग्रह गरे ।

उपप्रधानमन्त्री पौडेलले लुम्बिनीले नेपालको सिङ्गो अर्थतन्त्रलाई उचाइमा पु(याउन सामथ्र्य राख्न सक्ने भएकाले सहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य, औद्योगिक क्षेत्रको हिसाबले लुम्बिनीलाई अग्रणी स्थानमा पु(याउने गरी भएका प्रयासमा सबैको साथ आवश्यक रहेको बताए ।

“बुद्ध जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्त्वपूर्ण सम्पदासँगै यहाँ राम्रा र स्तरीय होटलहरु छन्”, उनले भने, “बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् ।”

उपप्रधान तथा अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने बताए ।

उनले निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड बर्खाअघि नै एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी सम्पन्न हुने जानकारी दिए ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ३ : २५ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले