२१ माघ २०८२, बुधबार | February 4, 2026

सडक दुर्घटनामा तिलोत्तमामा जनप्रतिनिधि रामकृष्णको मृत्यु



बुटवल । सडक दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको निधन भएको छ। आज अपरान्ह बुटवलमा भएको सडक दुर्घटनामा परेर वडा सदस्य पाठकको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० राजमार्ग चौराहमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार आज दिउँसो ३ः३० बजे आफैंले चलाएको लु ३६प ८४४८ नम्बरको मोटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१-०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उनी दुर्घटनामा परेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए। ईभी कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको उनले बताए।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  ९ : ३५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता