५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रथम बुटवल लोकतारा भोलिदेखी सुरु



बुटवल । लोक संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजि गर्ने उद्देश्यले बुटवलमा भोलिदेखि ‘प्रथम बुटवल लोकतारा’ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिकाको प्रवर्धनमा शुक्रबार र शनिबार दुई दिन लोक गायन प्रतियोगिता हुन लागेको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सोपकोटाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । यो प्रतियोगिता अवसर नपाएकाहरुलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट ठाउँ हुने उनले बताए ।

प्रतियोगिहरुले लोक विधामा गीत प्रस्तुत गर्नुपर्ने अध्यक्ष सापकोटोले बताए । उनका अनुसार शुक्रबार अडिसन हुनेछ भने अडिसनबाट छानिएकाहरुलाई शनिबार अन्तिम प्रतिस्पर्धामा सहभागी गराइनेछ । प्रतिस्पर्धीका लागि उमेरको हदबन्दी तोकिएको छैन, तर सहभागि हुनका लागि बुटवल उपमहानगरपालिका भित्र बसोबास गरेको हुनुपर्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, उपविजेताले १५ हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँसहित प्रमाणपत्र तथा मायाको चिनो पाउने कार्यक्रम संयोजक रेशम खनालले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ३० जना भन्दा बढी प्रतियोगिहरु सहभागि हुनेछन् ।

बुटवल-११ देविनगरस्थित थ्री पोइन्ट गार्डेन रिर्साटमा आयोजना हुने प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सचिव विधान कार्कीले जानकारी दिए ।

कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रीता थापामगर, केन्द्रिय सचिव दिपक गरौजा लगायतको सहभागिता रहने उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब साढे ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ८ : ४३ बजे

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको