१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

डाँफे कप फुटबल : न्यू दर्पण र पशुपति युवा विजयी



खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगितामा बिहीबार दुई खेल सम्पन्न भएका छन् । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौंडाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको छैठौं दिन भएको दुई खेलमा न्यु दर्पण युवा स्पोर्ट्स क्लब र श्री पशुपति युवा क्लब विजयी भएका छन् ।

बुधबार न्यु दर्पण र एफसी ब्रदर्स बीच भएको खेलमा केही विवाद भएपछि खेल रोकिएको थियो। उक्त खेल पुन आयोजकले बिहीबार सञ्चालन गरेको थियो । बाँकी खेल्न रहेको समय खेलाउँदा शून्यका विरुद्ध एक गोलको नतिजामा न्यू दर्पण विजयी बनेको हो । खेलको २३ मिनेटमा न्यू दर्पणले गोल गरेको थियो । उक्त खेलको म्यान अफ द म्याच न्यू दर्पणका जर्सी नम्बर २ का खेलाडी हरि बुढा मगर भए ।

त्यस्तै बिहीबार भएको दोस्रो खेलमा न्यू बाग्मती स्पोर्ट्स क्लब बिगाउँलाई श्री पशुपति युवा स्पोर्ट्स क्लब घिया १(० का अन्तरले विजयी बनेको छ । पशुपति युवा क्लबका जर्सी नम्बर ९ का मिलन थारुले खेल सुरु भएको एक मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । निकै प्रतिस्पर्धात्मक रूपमा सञ्चालन भएको उक्त खेलमा पशुपति युवा क्लबका जर्सी नम्बर ८ का खेलाडी सुरेश नेपालीले खेलको ४६ औँ मिनेटमा पहेलो कार्ड प्राप्त गरे ।

खेलको म्यान अफ द म्याच पशुपति युवा स्पोर्ट्स क्लब घियाका जर्सी नम्बर १२ का प्रकाश बुढा घोषित भए । बिहिबार भएको दुवै खेलका म्यान अफ द म्याच घोषित हुने खेलाडीहरूले नगद ११ सय सहित मेडल ट्रफी प्राप्त गरे।

प्रतियोगितामा १६ वटा टिमले भाग लिएका छन्। प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५ र उपविजेता हुने टिमले ८० हजार ५ सय ५५ प्राप्त गर्नेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्राप्त गर्नेछन् । यस्तै दैनिक हुने खेलको म्यान अफ द म्याच घोषित खेलाडीका लागि नेपालगञ्ज स्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फूड रेस्टुरेन्टले पुरस्कार राशि प्रदान गरिरहेको क्लबका वरिष्ठ उपाध्यक्ष नारायण खनालले जानकारी दिए। चैत्र ९ गतेदेखि सुरु भएको दशौं डाँफे कप चैत्र २१ मा सकिनेछ । शुक्रबार नवज्योति युवा क्लब बैजनाथ र जयकिशन स्पोर्ट्स क्लब सैनिकबीच प्रतिस्पर्धा हुने खेल संयोजक तिलकवीर सुनारले जानकारी दिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, बिहिबार  ९ : ५६ बजे

पश्चिम एसियामा द्वन्द्व चर्किंदै, १९ लाख नेपाली असहज अवस्थामा

काठमाडौँ । पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमपछि त्यस क्षेत्रमा

सर्लाहीमा मतदान अधिकृतको मृत्यु

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

बुटवल । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र