२१ भदौ २०८३, आइतबार | September 7, 2026

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे



खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू डाँफे स्पोर्ट्स क्लबले महिला खेलाडी उत्पादन गर्न थालेको छ । नेपालमा महिला फुटबल खेलाडीको सम्भावना उच्च रहेको ठहर गर्दै क्लवले महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्न सुरु गरेको हो । त्यसका लागि डी गाउँमा रहेको मिनी रङ्गशालामा प्रशिक्षण सुरु गरिएको छ ।

फुटबल प्रशिक्षणको सुरुवात गर्दै न्यू डाँफेका अध्यक्ष तिलकवीर सुनारले केही समयभित्रै महिला फुटबल प्रतियोगिताको आयोजना गरिने जानकारी दिए । क्लब स्तरीय महिला फुटबल प्रतियोगिता गर्ने गरी तयारीलाई तिब्रता दिईने अध्यक्ष सुनारले जनाए ।

बाँके जिल्लाकै जेठो क्लब मध्यको एक न्यू डाँफे स्पोर्ट्स क्लबले दशौं डाँफे कप सम्पन्न गरिसकेको छ भने आगामी आर्थिक वर्षमा खजुरा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने गरी आन्तरिक तयारी समेत गरिरहेको क्लबले जनाएको छ । सोही प्रयोजनका लागि नयाँ खेलाडी उत्पादन लाई तीव्रता दिइएको अध्यक्ष सुनारले बताए ।

क्लबले हरेक दिन बिहान र साँझ खेलाडीहरूलाई प्रशिक्षण दिने काम गरिरहेको क्लबका सचिव बालाराम खत्रीले जानकारी दिए । खेलाडीहरूलाई बल हस्तान्तरण गर्दै क्लबका अध्यक्ष सुनारले स्थानीय सरकारले खेलप्रति चासो नदिएको भन्दै गुनासो गरे । स्थानिय सरकारले फुटबल खेलमा लगानी गर्न चासो नदिँदा खजुरा पछि परेको अध्यक्ष सुनारले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ९ : १३ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त