२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

अध्यक्षसहित बहुमत सदस्यले राजीनामा दिएपछि न्यू डाँफेमा खत्रीको नयाँ नेतृत्व



खजुरा । बाँकेको जेठो क्लब मध्येको एक न्यू डाँफे स्पोर्ट्स क्लबमा नयाँ नेतृत्व चयन गरिएको छ । कार्यसमितका अध्यक्ष सहित कार्यसमितिका बहुमत सदस्यहरूले राजीनामा दिएपछि गाउँभेला गरेर नयाँ नेतृत्व चयन गरिएको हो ।

नयाँ समितिलाई दुई वर्ष कार्यकाल रहनेगरी चयन गरिएको छ । शनिबार बसेको गाउँ भेलाले समितिको अध्यक्षमा बालाराम खत्रीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै उपाध्यक्षमा दान बहादुर गुरुङ, सचिवमा योगेन्द्र नाथ योगी, कोषाध्क्ष हरी प्रसाद विक, सह सचिवमा दीपेन्द्र कुमार शाही चयन भएका छन् । सदस्यहरुमा सिमोन गुरुङ्ग, प्रविन विक, रिमा कुमारी थापा (कसम) र कर्ण बहादुर विक सर्व सम्मत चयन भए । केही सदस्यहरू कार्यसमितिले मनोनीत गरिने नव निर्वाचित अध्यक्ष खत्रीले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष खत्रीले खेल गतिविधि बढाउन सक्रिय भूमिका निभाउने प्रतिक्रिया दिए । खेलकुद र सांस्कृतिक उत्थानका लागि बाँकेकै अग्रणी क्लवकारुपमा रहेको न्यु डाँफे क्लवको नयाँ नेतृत्व गाउँभेलाले गर्ने परम्परा रहँदै आएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ८ : १६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति