२८ मंसिर २०८२, आइतबार | December 15, 2025

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित



काठमाडौँ । विपक्षी दलहरूसँगकोटलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । थपिएको समयसम्म पनि कुरा सहमति नजुटेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।

विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेकोमा बर्खास्त गर्नुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठक लगातार अवरोध गर्दै आएका छन् ।

घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले भने आफुले सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन नसकेको हो ।

सभामुख देवराज घिमिरेबाट बिहान ११ बजे बोलाइएको प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकमा पनि दुवै पक्षले आ(आफ्नो अडान नछाडेपछि बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ०४ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर