२३ भदौ २०८३, मंगलबार | September 8, 2026

साइन रेसुङ्गा कर्पोरेट कप फुटसल प्रतियोगिता बुटवलमा आजदेखि, २२ संघ-संस्थाले प्रतिस्पर्धा गर्दै



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा आजदेखि बुटवलमा साइन रेसुङ्गा कर्पोरेट कप तथा मिडिया कप फुटसल प्रतियोगिता सुरु हुँदै छ । महासंघको ७० औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिता अन्तरगत आज आइतबार संघ-संस्था तथा कर्पोरेट टोली बीच प्रतिस्पर्धा हुनेछ ।

बुटवल-११ ग्रीनफिल्ड फुटसल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मासु व्यवसायी संघ बुटवल र बुटवल उद्योग वाणीज्य संघले प्रतिस्पर्धा गदैछन् । आयोजकसहित २२ समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा समूह चरणका सबै खेल आइतबारनै सम्पन्न हुने खेल संयोज तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव सुमन रश्मी श्रेष्ठले जानकारी दिए । यसैगरी मिडियाकप फुटसलको प्रतिस्पर्धा भने सामेबार हुनेछ । मिडियाकपमा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

महासंघले स्थापना दिवसको अवसरमा शनिबारदेखि ३ दिनसम्म मनाउनेगरी फुटसल प्रतियोगिताको आयोजना गरिएको भएपनि विशेष कारणबस शनिबारका सम्पूर्ण कार्यक्रम स्थगित गर्नु परेको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले बताए । शुक्रबार काठमाडौंमा राजावादीहरुको प्रदर्शनमा आगलागीमा परी पत्रकार महासंघका सदस्यले ज्यान गुमाएपछि केन्द्रीय समितिको सर्कुलर अनुसार शनिबारको कार्यक्रम स्थगित गरिएको थियो । स्थगित सबै कार्यक्रममा आज आईतबार र भोली सोमबार २ दिनमा सम्पन्न गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।

महासंघले आयोजना गरेको कर्पोरेट कप फुटसलमा विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद राशी १५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी मिडिया कपतर्फ विजेताले १७ हजार ७ सय ७७ र उप विजेताले ७ हजार ७ सय ७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दुबै इभेन्टमा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक तथा सर्वाधिक गोलकर्तालाई नगद राशीले सम्मान गरिने महासंघका सचिव सीपी खनालले जानकारी दिए । प्रतियोगितालाई जित र हारको रुपमा भन्दा पनि आपसी सद्भाव र सम्बन्ध बिस्तारएको रुपमा लिइएको अध्यक्ष पाण्डेले बताए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ६ : ३२ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा