१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बसन्ता खनाल बनिन् प्रथम बुटवल लोकतारा



बुटवल । बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि बसन्ता खनालले जितेकी छन् । लोक कला संस्कृतिको संरक्षण तथा नव प्रतिभाको खोजी गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगर पालिकाको प्रवर्द्धनमा यही चैतको १५ र १६ गते बुटवलमा सम्पन्न प्रथम बुटवल लोक ताराको उपाधि खनालले जितेकी हुन्।

प्रतियोगितामा प्रेम बिश्वकर्माले द्वितीय स्थान, भुवन अधिकारीले तृतीय स्थान साथै अर्जुन पाण्डे र सुनिता वि सी ले सान्त्वना स्थान हासिल गरेका छन्।

बुटवल देवीनगर स्थित थ्री पोइन्ट रिसोर्ट गार्डेनमा सम्पन्न उक्त प्रतियोगितालाई सम्बोधन गर्दै बुटवल उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले लोक कला संस्कृतिको संरक्षण गर्नुपर्ने दायित्व हामी सबैको भएको बताए । उनले नयाँ पुस्तामा आफ्नोपनको ज्ञान हुनुपर्ने बताउँदै यसको लागी उपमहानगरले बिभिन्न खालका रचनात्मक कामहरू गरेको र भविष्यमा पनि यस्ता खालका कार्यक्रमलाई नगरले अझै शसक्त ढङ्गले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले प्रमाणपत्र सँगै क्रमशः नगद रु २० हजार, १५ हजार,, १० हजार र ५ हजार प्राप्त गरेका छन् । चन्द्र शर्मा, प्रचण्ड जि सी , शुरेश सेन्चुरी र डिल्ली नारायण पाण्डेले उक्त प्रतियोगिताको निर्णायकको भूमिका निभाएका थिए ।

संस्थाका अध्यक्ष विजय सापकोटाको अध्यक्षता, प्रथम उपाध्यक्ष ऋतु थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विधान कार्कीले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, बुटवल उपमहानगर पालिकाका उपनिर्देशक दामोदर ज्ञवाली, प्रतिष्ठानका केन्द्रिय सदस्य डील्ली नारायण पाण्डे,सीता राना, प्रचण्ड जि सी, पुरुषोत्तम भण्डारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक रेशम खनालले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १ : २६ बजे

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

भोजपुर । जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ