२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

अयोध्या प्रसाद थैवको अध्यक्षतामा लायन्स क्लब अफ फुलबारीको नयाँ नेतृत्व चयन



बुटवल । लायन्स क्लब अफ बुटवल फुलबारीले वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ । भेलाले अयोध्या प्रसाद थैवको अध्यक्षतामा लायन्स क्लब अफ फुलबारीको नयाँ नेतृत्व चयन गरेको हो ।

लायन्स क्लब अफ फुलबारीका लागि प्रथम उपाध्यक्षमा तिलक प्रसाद ध्वजु, द्वितीय उपाध्यक्षमा गोविन्द रिजाल र तृतीय उपाध्यक्षमा हरेन्द्र पटवालाइ चयन गरेको छ । त्यस्तै भेलाले सचीवमा अनिल प्रसाद चुके लाई चयन गरेको छ भने कोषाध्यक्षमा अरविन्द्रलाल श्रेष्ठलाई चयन गरेको छ ।

लायन्स क्लब अफ बुटवल फुलबारीको वर्ष २०२४/२०२५ का अध्यक्ष महेन्द्र भारीको अध्यक्षतामा सम्पन्न भेलाले पिआरओमा लक्ष्मण प्रसाद न्यौपाने सहपिआरओमा महेश प्रधान, सह सचीवमा प्रकाश श्रेष्ठ, सह कोषाध्यक्षमा इवन शर्मा, टेल टुइस्टरमा होमनाथ पाण्डे, टेमर विनय थैव, मेम्बर सीप चियर पर्सनमा नरेन्द्र प्रसाद थैव, एलसि आइएफ कोर्डिनेटरमा सुमन नारायण श्रेष्ठ सर्विस चियर पर्सनमा मिलन कुमार भारी, क्लब मार्केटिङ कम्यिनिकेशन चियर पर्सनमा अनिल राजभण्डारी, जिएलटीमा सरोज भारी, जिएमटीमा यसरत्न बज्राचार्य र जिएसटीमा साजन भारीलाई चयन गरेको छ ।

दिपेन्द्र लाल श्रेष्ठ सेक्यु एण्ड रिलिफ चयन गरेको भेलाले डाइरेक्टरहरुमा गणेश प्रधान, केशव श्रेष्ठ र सागर पाठकलाइ चयन गरेको छ । भेलामा डाइरेक्टरहरु निरज कुमार कर्ण र इमान सिह थापा मगरको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : २२ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३