१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सलमान खानलाई धम्की दिने ग्याङस्टारको नाममा वाट्सएप खोली फीरौती माग्ने राम बहादुर पक्राउ



कोहलपुर । भारतीय नायक सलमान खानलाई ज्यानमार्ने धम्की दिएको आरोप लागेका ग्याङस्टार लोरेन्स बिस्नोईको नाममा वाट्सएप खोलेर फिरौती माग्ने एकजनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । आफुलाई लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी ५ करोड भारु रकम माग गरेको र उक्त रकम नदिईएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेका राम बहादुर बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेत साविक मैनतडा गाविस वडा नं ५ हाल भेरी गंगा नगरपालिका वडा नं ७ काठेघारी घर भई बाँके कोहलपुर नगरपालिका वडा नं ५ स्थित कोठा भाडामा लिई बस्ने ४१ वर्षिय बुढा क्षेत्रीलाई बिभिन्न बिदेशी नं को वाट्सएप खोली फिरौती मागेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका बुढाल ेआफु लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी ५ करोड भारु रकम माग गरेको र उक्त रकम नदिईएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेका थिए । प्रारम्भिक अनुसन्धानको क्रममा बुढाले प्रयोग गर्ने मोवाईलबाट बिदेशी नं को वाट्सएप खोलेको र म्यासेज गरेको देखिएको प्रहरीले जानकारी दिएको छ ।

लोरेन्स विस्नोई र अनमोल बिस्नोईको अपराधिक पृष्ठभुमी :
लोरेन्स बिस्नोई एक भारतीय ग्याङस्टार हुन्, उनि फिरौती माग्ने तथा हत्या आरोपमा सन २०१४ देखि भारतिय कारगारमा कारागार जिबन विताईरहेका छन् । जसमा उनलाई २९ मे २०२२ को पंजाबि संगर सिद्दु मुसेवालाको हत्या, भारतीय नायक सलमान खानलाई ज्यान
मार्ने उद्योग गरेको, बाबा सिद्दीकीको हत्या जस्ता आरोप रहेका छन् ।

अनमोल बिस्नोई लोरेस्न बिस्नोईको भाई रहेको र निजले लोरेन्स बिस्नोई कारागार जिबन बिताएको समयमा बिभिन्न व्यापारी तथा उद्योगीसंग फिरौती माग्ने थ्रेट (धम्की) दिने कार्य गर्ने गरेको भारतीय प्रहरीको रेकर्डमा दर्ज रहेको छ ।

पक्राउ परेका बुढालाई यसअघि नै इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट २०६१ मा ललाई फकाई बिबाह गर्छु भनि नेपाली युवतीलाई काँकरभिट्टा हुँदै भारत तर्फ लगि गएकोमा जिउ मास्ने बेच्ने उद्योग मुद्धा लागेको, जिल्ला प्रहरी झापाबाट २०६२ मा धाक धम्की दिदै सर्वसाधारणबाट चन्दाअशुली गर्ने गरेकोले मुद्धा लागेको, माहानगरिय परिसर काठमाण्डौबाट २०६४ मा धाक धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखि फिरौती रकम असुल गरेकोले मुद्धा चलेको, इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाटमिति २०६४ मा संविधान सभा निर्वाचन २०६४ का उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेरआउदै गर्दा सुर्खेत मेहलकुना जहरेबजार नजिक लोधे भन्ने स्थानमा निज समेतलेगोली हानी मारेको कर्तव्यज्यान मुद्धा चलेको, २०६५ साल चैत्रमा द्वन्द पिडित सेना प्रहरीको आन्दोलनमा हतियार खोसेको विषयमा काठमाण्डौमा मुद्दा चलेको, कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ती बहादुरबस्नेतलाई गोली हानेको केशमा ५ वर्ष कैद र रु ६० हजार जरीवाना फैसला भएकोमा उक्त कैद भुक्तान गरी २०७० फागुनमा कारागारबाट छुटेको जस्ता अभियोग रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज डीएसपी धर्मराज भण्डारीले बताए ।

बुढाले २०५९ सालमा नेपाल आर्मीमा भर्ना भई छोटो समय मात्र सेवा गरी त्यहाबाट भागेपछि खाशै कुनै पेशा तथा व्यवसाय नगरेका राम बहादुर बुढा क्षेत्रीले कहिले कुन समुह त कहिले कुन समुहसँग मिलेर देशको विभिन्न स्थानमा अपराधिक क्रियाकलाप गर्ने गरेको समेत प्रहरीको आरोप छ । अपराधिक क्रियाकलाप गर्नको लागि भारतिय आधारकार्ड, विभिन्न बिदेशका वाट्सएप नम्बरहरूसमेत प्रयोग गर्ने गरेको भण्डारीले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : १८ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना