३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

बुटवलका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना



बुटवल । बुटवल उपमहानगरपालिकाका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना भएका छन् । बुटवल ८ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्दै बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सबै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्ने निर्णय भएअनुसार सेवा शुरु गर्न निर्देशन दिए ।

उनले बुटवलका वडा नम्बर ५, ६, ८, १०, १३ र १८ गरी ६ वटा स्वास्थ्य केन्द्र सञ्चालन हुने बताए । अरु वडाहरुमा भने यसअघि नै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा रहेका छन्। योसँगै १० वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र पुगेका छन् ।

उनले बुटवल उपमहानगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकता दिदै सबै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ वटा वडामा ल्याबसहितका शहरी स्वास्थ्य केन्द्र, मोतीपुर स्वास्थ्य केन्द्रमा प्रसुति सेवा सञ्चालनमा रहेको बताए ।

उनले छिटै नै वडा नम्बर १३ मा फिजियोथेरापी सेवा, १७ मा अक्सिजनसहितको स्वास्थ्य सेवा सञ्चालन हुने बताए । यस्तै २ स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब सहितको सेवा सञ्चालनमा रहेको छ ।

‘जेष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर बाआमासँग नगरप्रमुख कार्यक्रमअन्तरगत घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने र गर्भवती महिलाहरुको स्वास्थ्य जाँच, पाठेघर र स्तन क्यान्सर परीक्षण शिविरहरु सञ्चालन गर्ने कार्यक्रम पनि नियमित रहेका छन्, उनले भने- आम्दा अस्पताललाई पनि थप सुधार गर्दै स्तरीय सेवा दिनका लागि हामी लागिरहेका छौं ।’

वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालन गरेपछि वडाबासीलाई सहज हुने वडा नम्बर ८ का अध्यक्ष यज्ञ पंगेनीले बताए । सबै वडाहरुलाई स्तरीय सेवा प्रदान गर्ने गरी स्वास्थ्य केन्द्रहरु सञ्चालन भएको र सबै वडाबाट सहज रुपमा सेवा लिन सकिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । उनले शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र र अन्य सेवाहरुलाई स्तरीय बनाउनका लागि पर्याप्त जनशक्ति खटिएको बताए ।

कार्यक्रममा बोल्दै जेष्ठ नागरिक समाजका अध्यक्ष राधेश्याम राजभण्डारीले बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रयास उत्कृष्ट रहेको बताए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : १४ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र