१३ भदौ २०८३, शनिबार | August 29, 2026

‘सडकमै खाऔ, सडकमै रमाऔं’ भन्ने नाराका साथ नेपाली नयाँ वर्षमा बुटवलमा सडक खाना महोत्सव हुने



बुटवल । नेपाली नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै बुटवलमा सडक खाना महोत्सवको आयोजना हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबन) रुपन्देहीको आयोजनामा चैत्र ३० गतेदेखि ३ दिनसम्म सञ्चालन हुने महोत्सवमा लाइभ म्युजिकसहित विभिन्न खानाका परिकारहरु रहने संस्थाकम अध्यक्ष प्रशान्त कोइरालाले जानकारी दिए ।

महोत्सव बारे जानकारी गराउन शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कोइरालाले नेपाली नयाँ वर्षको महत्वलाई जोड दिनेगरी कार्यक्रमको परिकल्पना गरिएको बताए । बुटवलको कालिका पथमा तीन कुने चोकदेखि शिवालय मन्दिरसम्म स्टल राखेर आयोजना गरिने महोत्सवमा ५० बढी स्टल रहने अध्यक्ष कोइरालाले बताए ।

‘सडकमै खाऔ, सडकमै रमाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिने महोत्सवमा तिर्सना गुरुङ, चक्र एणड अमात्य, प्रतीक्षा एण्ड टमको साँगेतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । विशेष गरि युवा पुस्तालाई लक्षित गरि आयोजना गरिने महोत्सवमा खानाका परिकार बाहेक अन्य उत्पादनका स्टल पनि सहभागी हुने बताइएको छ ।

५ लाख बढी दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सव सम्पन्न गर्नका लागि २५ लाख खर्च अनुमान गरिएको उपाध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । महोत्सवमा सुरक्षा व्यवस्थाका लागि संस्थाका सदस्य तथा स्वयम् सेवकहरु, ३० जना बढी निजी सेक्युरिटी फोर्स तथा नेपाल प्रहरीसहितका सरकारी सुरक्षा निकायहरुसँग आवश्यक समन्वय गरिएको उनले जानकारी दिए ।

महोत्सवको समयमा सवारी आवागमनलाई समेत असर ध्यानमा राखी दिनभर सडक खुला राखिने र रातको समयमा मात्रै सवारीका साधनलाई निषेध गरिने आयोजकको तयारी छ । महोत्सवलाई व्यवस्थित बनाउन पार्किङ एरियाको खोजी गरिनुका साथै महोत्सव सकिएपछि सडकमा हुने फोहरलाई आयोजकलेनै व्यवस्थापन गर्नेगरी तयारी गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २० बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा