४ पुस २०८२, शुक्रबार | December 19, 2025

लुम्बिनी प्रादेशिक अस्पताल र सिभिल अस्पताल बीच सहकार्यको तयारी



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) काठमाडौं बीच सहकार्यका लागि छलफल सुरु भएको छ । सिभिल अस्पताल काठमाडौंले सेवालाई प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार प्रारम्भिक समझदारी गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।

सिभिल अस्पताल काठमाडौंका निर्देशक डा. मोहनचन्द्र रेग्मीको नेतृत्वमा आएको टोलीले विहिबार र शुक्रबार दुई दिनसम्म लुम्बिनी अस्पतालको निरीक्षण गर्नुका साथै विभागीय प्रमुखहरुसँग छलफल गरेको छ ।

संघीय संरचना अनुसार सिभिल अस्पतालको सेवालाई पनि प्रदेश स्तरमा बिस्तार गर्ने योजना अनुसार यसका नीतिगत विषय, भौतिक संरचना तथा उपकरणका साथै जनशक्तिको विषयमा छलफल गरिएको लुम्बिनी अस्पतालका मेसु डा. ढकालले जानकारी दिए । अस्पतालमा कार्यरत विभिन्न विभागका प्रमुखहरुले सिभिल अस्पतालसँग सहकार्य गर्दा आवश्यक पर्ने जनशक्ति, उपकरण लगायतका विषयमा सुझाव प्रस्तुत गरेका थिए ।

सिभिस अस्पतालसँग सहकार्य भएमा यस क्षेत्रका निजामति कर्मचारी, जनप्रतिनिधि, जेष्ठ नागरिक तथा लक्षित वर्गलाई समेत थप सहज हुने मेसु ढकालले जानकारी दिए । लुम्बिनी अस्पतालले पछिल्लो समय सेवा बिस्तार र गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले सेवाग्राहीको चाप बढ्दै गएको उल्लेख गरे ।

अस्पतालमा सामाजिक सेवा इकाई, बीमा कार्यक्रम, मातृ शिशु पोषण तथा आमा सुरक्षा कार्यक्रमले सेवाग्राहीको आकर्षण बढ्दै गएको उनले बताए । यसका साथै अस्पतालमा प्रसुती सेवाका लागि छुट्टै शल्यक्रिया कक्षसहितको विशेषज्ञ सेवा, ब्रेस क्यान्सको स्क्रिनिङ सेवा, क्याथल्याव सेवा, डाइलाइसिस सेवा लगायतका विशेषज्ञ सेवा प्रदान हुँदै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको