२९ मंसिर २०८२, सोमबार | December 15, 2025

अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई जना घाइते



अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका-३ ढुंगाडेस्थित लुटीपोखरी-खनदह भित्री सडकखण्डमा भएको उक्त दुर्घटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बाबुराम अर्यालले बताए ।

लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो । दुर्घटनाको खबर प्राप्त भएपछि बिहानै इलाका प्रहरी कार्यालय खनबाट प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमान्डमा सातजना प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलीप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका छन् ।

अन्य दुई घाइते भुवन पोख्रेल र वसन्त पोख्रेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ७ : ३६ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष