३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

नेपाल नगरपालिका कर्मचारी एशोसियसन बुटवलको अध्यक्षमा पुन : माण्डव्य



बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाइ समिति बुटवल उपमहानगरपालिकाको वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पुनः अनिलकुमार माण्डब्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा रेश्मीराज घिमिरे, सचिवमा त्रिदेव बुढाथोकी, सहसचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा रचना तुलाधर चयन भएका छन् ।

यस्तैगरी सदस्यहरुमा पुष्पराज ज्ञवाली, होमलाल भण्डारी, सिद्धार्थ आचार्य, गीता पाण्डे, ध्रुव भट्टराई, सुजन पौडेल, पुजन ज्ञवाली, रामकुमार श्रेष्ठ, लोकनाथ चापागाईं, रसबहादुर विक, लक्ष्मण खराल र प्रशान्त भट्टराई चयन छन् । त्यसैगरी कर्मचारी सामाजिक कल्याण कोषतर्फ देवराज श्रेष्ठ, सुरेन्द्र आचार्य र लक्ष्मी खनाल आचार्य चयन भएका छन् ।

अधिवेशनको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गका थिए । सोही अवसरमा बोल्दै उनले नगरको समग्र विकासका लागि कर्मचारी र जनप्रतिनिधिहरु सहकार्य गरी सँगसँगै अघि बढ्नुपर्ने बताए । केही कर्मचारीहरुले विकास निर्माण र नगरको हित विपरीत काम गरीरहेको बताउँदै उनले नगरपालिकामा रहेका करारका कर्मचारीहरुलाई निकाल्नका लागि केही कर्मचारी लागि रहेको उनको भनाई थियो । सबै कर्मचारीहरु एक भएर यहाँ आउने सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न नगर प्रमुख पाण्डेयले आग्रह गरे । कर्मचारीबिचको आपसी मनमुटावले नगरको काममा समस्या सिर्जना हुने बताउँदै उनले मनमुटाव त्यागेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा नगर उपप्रमुख सावित्रादेवी अर्यालले कर्मचारीहरुका आफ्ना हकहित प्राप्त गर्नका लागि संगठन आबश्यक पर्ने बताइन् । यहाँ रहेका सबै कर्मचारीहरुलाई गोलबद्ध गरी संगठनलाई थप बलियो बनाउनुपर्नेमा उनले जोड दिइन् । यस्तै कर्मचारी एशोसियसनका केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठले कर्मचारीहरुका समस्या समाधानसँगै हक हितका लागि एशोसियसनले काम गरीरहेको बताए ।

कार्यक्रममा कर्मचारी एशोसियसन बुटवलका अध्यक्ष अनिलप्रसाद माण्डब्यले वार्षिक प्रदिवेदन प्रस्तुत गर्दै आफ्नो कार्याकालमा सम्पन्न भएका बिभिन्न कार्यक्रमहरुबारे जानकारी गराए । साथै उनले कर्मचारीहरु एकआपसमा एकजुट हुन नसकेमा आफ्ना हक अधिकार प्राप्त गर्न नसकिने बताए ।

कर्मचारी एशोसियसन बुटवलका सचिव रेश्मीराज घिमिरेले एशोसियसनले कर्मचारीहरुलाई सुखदुःखमा साथ दिदै आएको बताउँदै ३७ जना कर्मचारीका परिवार र कर्मचारीहरुलाई २ लाख ७९ हजार बराबरको राहत रकम वितरण गरीएको बताए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ३६ बजे

मनकामना माइक्रोबस दुर्घटनाः थप एकको मृत्यु, आठ जना घाइते

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

खजुरा । बाँकेको खजुरामा बाँके जिल्लामै पहिलो पटक रात्रीकालीन फुटबल

‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलनमा

मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना हुँदा छ जनाको मृत्यु

गोरखा । यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक

दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र