१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

छत्रगञ्ज-रुपन्देही सम्पर्क समाजको ११ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न



बुटवल । छत्रगञ्ज जन्मथलो र कर्मथलो भएकाहरूको साझा संस्था छत्रगञ्ज-रुपन्देही सम्पर्क समाजको ११ औं वार्षिक साधारण सभा तथा नववर्ष २०८२ को शुभकामना आदान-प्रदान, भित्तेपात्रो विमोचन, आजीवन सदस्यतापत्र वितरण र ‘न्यानो माया’ अभियानमा सहयोग पुर्याउने महानुभावहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सिद्धार्थ पन्थीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा छत्रदेव गाउँपालिका वडा नं. ५ का अध्यक्ष बालकृष्ण पोखरेल रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा थानेश्वर पोखरेल र नेत्रप्रसाद पन्थी, साथै जीवन श्रेष्ठ, लेखनाथ पोखरेल, ओम मल्ल, महेश पाण्डे, हरि भट्टराई, लक्ष्मण पन्थी, बासुदेव पन्थी र कमल पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

समाजले सञ्चालन गरेका वृक्षारोपण, तीज मिलन, दशैं मेला स्वयंसेवक सेवा, देउसी-भैलो, न्यानो माया अभियान, बृहत निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक होर्डिङ बोर्ड जस्ता कार्यक्रमहरू सबै अतिथिहरूद्वारा उच्च प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको विविधता थप गर्दै सांगीतिक नृत्य प्रस्तुतिहरू पनि राखिएको थियो ।

समाजको सदस्यता अभियानलाई प्रभावकारी बनाउँदै यसपटक आजीवन सदस्य संख्या यो वर्ष ९० जना थप भएको र सबैलाई प्रमाणपत्र र आजीवन व्याच प्रदान गरिएको थियो । कार्यक्रमको प्रारम्भ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित रक्तदान कार्यक्रमबाट गरिएको थियो ।

अध्यक्ष सिद्धार्थ पन्थीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नविन पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष जर्नादन पोख्रेलले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन समाजका सचिव विराट पौडेलले गरेका थिए । कार्यक्रम संयोजक प्रकाश पन्थीको संयोजनमा कार्यक्रम झण्डै २०० भन्दा बढीको सहभागितामा उत्कृष्ट रूपमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष पन्थीले भित्तेपात्रो प्रकाशनका लागि विज्ञापनमा सहयोग गर्नुहुने, न्यानो माया अभियानमा विदेशमा रहेर सहयोग गर्नुहुने र अन्य कार्यक्रममा सहयोगमा सहयोग गर्नुहुने सम्पेूर्णलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरे । समाजले आगामी दिनहरूमा पनि समाजसेवा, आपसी सद्भाव र स्थानीय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  १० : ४१ बजे

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

रामबहादुर थापाको अभिव्यक्ति पार्टी नीतिविपरीत : विष्णु पौडेल

काठमाडौं । नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभामा दल नेता एवं पार्टी

ओली र लेखकमाथि अनुसन्धान गर्न अदालतले दियो थप दुई दिनको समय

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली