२४ मंसिर २०८२, बुधबार | December 10, 2025

‘लागूऔषधदुव्यर्सन नियन्त्रणमा ल्याउन सबैको साथ जरुरी’



बुटवल । मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने लागुपदार्थ दुव्यर्सन नियन्त्रणमा ल्याउनका लागि समाजका सबै संयन्त्रहरु सक्रिय हुनुपर्ने एकजना लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिरहेका अभियन्ताले बताएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले नार्कोनन् नेपालको सहयोगमा बुटवलमा आयोजना गरेको ड्रग्स नियन्त्रण र पत्रकारको भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै लागूऔषधको नियन्त्रणका क्षेत्रमा काम गरिरहेको संस्था नार्कोनन् नेपालका कार्यकारी निर्देशक तथा नेपाल प्रहरीका पूर्व एसएसपी वसन्त कुँवरले प्रहरीले मात्रै लागूऔषध नियन्त्रण गर्न नसक्ने बताए ।

उनले समाजका सबै संयन्त्रहरु मिलेर मात्रै लागूऔषधको दुर्व्यसन नियन्त्रण गर्न सकिने भएकाले पत्रकारिता क्षेत्रबाट पनि सक्रियताको खाचो औल्याए । उनले लागूऔषधको प्रयोगले मानिसको जीवनलाई समाप्त पार्ने भएका सचेतना फैलाउनका लागि पत्रकारहरुसँग आह्वान गरे ।

उनले भने–‘सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भनिन्छ, यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुकासाथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ, यसले विस्तारै मानिसको जीवन बर्बादीतर्फ लैजान्छ ।’

उनले कानूनद्वारा निषेधित गाँजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागुऔषध रहेको र सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ रहेको बताए ।

विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको जानकारी गराउँदै उनले विश्वभर लागूऔषध प्रयोगकर्ताहरूको संख्या प्रतिवर्ष ५.६ प्रतिशतका दरले प्रयोगकर्ताहरूको संख्या बढिरहेको बताए ।

‘डरलाग्दो पक्ष भनेको कुल प्रयोगकर्ताको ६९ प्रतिशतले सुइद्वारा लागूऔषध प्रयोग गर्छन् र यिनमा अधिकांश २५ वर्षमुनिका युवायुवतीहरू पर्छन्‌’-उनले भने-हामीले अहिलेदेखि नै यो अवस्थालाई रोक्न सकिएन भने विस्तारै गाउँ समाज नै यो दुव्यर्सनीमा फस्नेछ र त्यसबेला कसैलाई जोगाउन सकिने छैन ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले लागूऔषध दुव्यर्सनलाई नियन्त्रणका लागि पत्रकारिताका माध्यमबाट सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले आगामी दिनमा स्थानीय सरकारहरुसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४२४ जनालागु औषध प्रयोगकर्ता रहेको देखिन्छ। यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार ५३४ जना प्रयोगकर्ता थिए ।

२०७६ को सर्वेक्षण प्रतिवेदन अनुसार लागूऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्या २४ हजार ९१२ जना पुरुष र १ हजार १८ जना महिला रहेको छ ।

लागु ‍औषधको प्रयोगबाट प्रयोगकर्ताहरूमा हेपाटाइटिस बी र सी, क्षयरोग, एच.आई.भि.एड्स, एस.टि.डी., कुपोषणलगायत विभिन्न स्वास्थ्य समस्या देखापर्दछन् ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ४३ बजे

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता