४ पुस २०८२, शुक्रबार | December 20, 2025

अर्थसहित तीनवटा समितिको बैठक बस्दैँ



काठमाडौं । संघीय संसद् अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको मानव अधिकारको अवस्था सम्वन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ७ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको